फरार थुनुवा मध्ये एकजना प्रहरी नियन्त्रणमा

जनकपुरधाम, १६ माघ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवाहरूमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिथिला नगरपालिका वडा नम्बर-६ का २८ वर्षीय रोशन महतो रहेका छन् ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर सोमबार बिहान ६ जना थुनुवा फरार भएका थिए ।
हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेश टोली खटाएर खोजतलास तीव्र पारेको छ । सो टोलीले फरार थुनुवा मध्ये महतोलाई पक्राउ गर्न सफल भएको हो ।
महतोमाथी हातहतियार खरखजाना मुद्दा चलिरहेको छ । उनलाई हतियारसहित प्रहरीले गत शनिबार मात्रै पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
यता फरार रहेका बाँकी ५ जनाको खोज तलाश तिव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


