राहदानी बनाउन एक महिना अघि नै अग्रिम अनलाइन आवेदन दिन मिल्ने

काठमाडौं, १६ माघ । अब राहदानी बनाउन एक महिना अघि नै अग्रिम अनलाइन आवेदन दिन मिल्ने भएको छ । राहदानी विभागले एक महिनाको अग्रिम अनलाइन आवेदन खुला गरेको हो ।
विभागले एक सूचना प्रकाशित गरी आजदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको अग्रिम अनलाइन आवेदन खुला हुने जनाएको छ ।
दुई/तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएको भन्दै विभागले अब एक महिनाको अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको हो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


