ठगी गरेको आरोपमा वीरगञ्जबाट एकजना पक्राउ

पर्सा, १६ माघ । प्रहरीले पक्राउ गरेको मान्छेलाई छोडाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–५ बस्ने ५२ वर्षीय धिरेन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले अनुसन्धानमा राखेको मानिसलाई छुटाइदिन्छु भनी रकम असुल गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
यातायात कार्यालय पर्सा अगाडि सडकखण्डबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
उनीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


