आज शहीद दिवस मनाइँदै

काठमाडौं, १६ माघ । प्रत्येक वर्ष १६ माघमा मनाइने शहीद दिवस विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।
शहीदलाई प्रत्येक वर्ष १६ माघमा सम्झने गरेपनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो कायमै छ ।
यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।
यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । वि.सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा वि.सं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


