जनकपुर, १५ माघ । ‘प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हित र सञ्चार क्षेत्रको पुनःसंरचना राष्ट्रियता, समाजवाद, सुशासन एवम् समृद्धिको पक्षमा प्रेस सेन्टरको अभियान’ भन्ने नाराका साथ प्रेस सेन्टर नेपालले १९औं स्थापना दिवस मनाएको छ ।

सेन्टरले स्थापना दिवसको अवसरमा मधेस प्रदेशमा पनि विविध कार्यक्रमको आयोजना गरेको हो ।

प्रेस सेन्टर नेपाल पर्साले स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । त्यस्तै प्रेस सेन्टर नेपाल रौतहटले चियापानको आयोजना गरेको थियो । सो अवसरमा मधेस प्रदेशका प्रदेशसभा सदस्य युवराज भट्टराइले रौतहटको विकासमा सञ्चारजगतको भूमिका महत्वपूर्ण हुने बताए ।

सर्लाही शाखाले वैद्धिक गुरुकुलमा अध्ययनरत्त विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ भने सप्तरीले पनि राष्ट्रिय प्राथमिक विद्यालय राजविराजमा अध्ययनरत बालवालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

उता, महोत्तरी शाखाले शुभकामना आदानप्रदान तथा अन्तरक्रियात्मक कार्यक्रम गरि स्थापना दिवस मनाएको छ । धनुषा शाखाले भने केक काटेर १९औँ स्थापना दिवस मनाएको हो ।

सेन्टरका मधेस प्रदेश अध्यक्ष किरण कर्णले संगठनको स्थापना दिवसको अवसरमा ८ वटै जिल्लामा विभिन्न कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए ।