बालेन शाह पहिलेका शासकभन्दा पनि बढी निरंकुश : सुमन सायमी

काठमाडौं, १५ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिरुद्ध सुमन सायमी सडकमा उत्रिएका छन् ।
सडक विस्तार पीडित संघर्ष समितिका संयोजक बनेका सायमीले आइतबार भएको माइतीघरको प्रदर्शनमा बालेन शाह पहिलेका शासकभन्दा पनि बढी निरंकुश भएको आरोप लगाएका हुन् ।
बालेनले जनताले दिएको अधिकारलाई दुरुपयोग गरेको भन्दै सायमीले कार्यक्रममा साह महानिरंकुश भएर आएको बताए ।
‘यो लुटतन्त्र हामी सहँदैनौँ,’ सायमीले भने, ‘यदि उहाँ सच्चिनुभएन भने सच्याउने अधिकार हामीसँग छ । जनताले त्यहाँ पुर्याएको भन्ने महसुस गर्नुपर्यो । जनचाहना विपरीत गएपछि त्यहाँबाट ओराल्ने अधिकार जनतासँग छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


