जनकपुरधाम, १५ माघ । जनकपुरधामस्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा निर्मित शौचालय आइतबार हस्तान्तरण गरिएको छ ।

पूर्व विद्यार्थी तथा रामस्वरुप रामसागर धर्मसंस्थाको संयूक्त आर्थिक सहयोगमा नवनिर्मित छात्र–छात्रा शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

करिब २२ लाखको लागतमा निर्माण गरिएको सो शौचालयको साँचो आइतबार एक कार्यक्रमकाबिच प्रमुख अतिथि प्रा. डा. सुरेश राज शर्माले विद्यालयका प्रधानाध्यापक सत्य नारायण मण्डललाई हस्तान्तरण गरेका छन् ।

शौचालय हन्तान्तरण कार्यक्रममा दाता परिवारका सदस्य डा. कृष्ण चन्द्र प्रसाद साह, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, पूर्वमेयर बजरंग प्रसाद साह, वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साह, रामस्वरुप रामसागर धर्मसंस्थाका उपसभापति प्रभाकर साह, सिए नवल किशोर यादवलगायत विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।