काठमाडौं महानगरपालिकाबिरुद्ध विरोध प्रदर्शन

काठमाडौं, १५ माघ । काठमाडौं महानगरपालिकाबिरुद्ध विरोध प्रदर्शन गरिएको छ ।
महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।
काठमाडौंका विभिन्न ठाउँका वासिन्दा आइतबार दिउँसो माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


