पोखरामा जल्दै गरेको अवस्थामा दुईजनाको उद्धार

पोखरा, १५ माघ । पोखरामा आइतबार एक महिला र एक पुरुषको जल्दै गरेको अवस्थामा उद्धार गरिएको छ ।
पोखरा महानगरपालिका–१३ काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेका हुन् ।
उनीहरुले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीको अनुमान छ ।
जल्दै गरेको अवस्थामा उद्धार गरिएका दुवै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


