गिरनारी कुट्टी सन्यासी आश्रममा वृक्षारोपण

जनकपुरधाम, १४ माघ । जनकपुरधामलाई पर्यावरणमय बनाउने अभियानका साथ गिरनारी कुट्टी सन्यासी आश्रम भनेर समेत चिनिने महाकालेश्वर गौरीशंकर महादेव मन्दिरमा वृक्षारोपण गरिएको छ ।
जनकपुरधाम उपमहागरपालिका वडा नम्बर–६ स्थित मन्दिरको प्राङ्गणमा बेल, रुद्राक्ष सहितको वृक्षारोपण गरिएको हो ।
आश्रमकै आयोजना र जिल्ला वन कार्यालयको सहयोगमा वृक्षारोपण गरिएको नागरिक अगुवा प्रफुल्लराज घिमिरेले बताए । मन्दिर प्राङ्गणलाई हराभार बनाउन बेल, रुद्राक्षसहित महादेवका प्रिय वृक्षहरु रोपिएका छन् ।
कार्यक्रममा हरित अभियानका अगुवा सुरेश शर्मा, वरिष्ठ पत्रकार अशोक रौनियार, उपेन्द्र भगत नागवंशी, पवन ठाकुर, सन्तोष साह, राजनितिज्ञ मनोज चौधरी, मनोज साह, प्रभु दयाल जलान, युवा प्रमोद साहसहित हिन्दु धर्म संरक्षण अभियानका अभियानीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


