सिरहामा एक किशोरीको सामूहिक बलात्कार, एकजना पक्राउ

सिरहा, १४ माघ । सिरहामा एक किशोरीको सामूहिक बलात्कार गरिएको छ । सिरहा नगरपालिका–२२ बस्ने १४ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार गरिएको हो ।
बलात्कार गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष यादवलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने २३ वर्षीय सरोजकुमार यादव भने फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार केही दिनअघि उनीहरुले किशोरीको घरमै गएर जबरजस्ती करणी गरेका थिए ।
करणीपछि फरार सन्तोषलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक शंकर चौधरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


