रवि लामिछाने र निकिता पौडेलको कोर्ट म्यारिज पनि बदर

काठमाडौं, १४ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको पुरानो नागरिकतालाई अवैधानिक ठहर गरेसँगै उनले गरेको कोर्ट म्यारिजसमेत बदर भएको छ ।
२०५० फागुनमा काठमाडौँ जिल्ला प्रशासनबाट लिएको नागरिकता उनले अमेरिकी नागरिकता पाएपछि अवैधानिक भएको ठहर सर्वोच्चले गरेको छ ।
२०७० सालमा अमेरिकी नागरिकता पाएपछि उनले नेपाली नागरिकताका आधारमा गरेका सबै कानुनी काम अवैधानिक रहेको ठहर सर्वोच्चले गरेको हो ।
त्यसैको आधारमा उनले निकिता पौडेलसँग गरेको कोर्ट म्यारिजसमेत बदर भएको छ । लामिछाने र पौडेलबीच २०७७ साल माघ ८ गते काठमाडौँ जिल्ला अदालतमा कोर्ट म्यारिज भएको थियो ।
कोर्ट म्यारिज बदर भएर निकितासँगको कानुनी सम्बन्ध शून्यमा परिणत भए पनि उनीहरुको सामाजिक र साँस्कृतिक सम्बन्ध भने कायम रहन्छ । कानुनी रुपमा विवाह कायम गराउन उनले नेपाली नागरिकता पुनःप्राप्ति गरेर फेरि काठमाडौँ जिल्ला अदादतमा निवेदन दिनुपर्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


