धनुषाबाट पेस्तोलसहित एक युवक पक्राउ

जनकपुरधाम, १३ माघ । धनुषा प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर–७ बस्ने २८ वर्षीय रौशन महतो रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको टोलीले मिथिला नगरपालिका–२ नकटाझिझ चौकस्थित शंकाको आधारमा महतोलाई चेकजाँच गर्दा माउजर पेस्तोल १ थान, गोली २ राउण्ड लोड गरिएको र १ थान म्याग्जीन बरामद भएको प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाई थप अनुसन्धान भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


