इञ्जिनियर ढुंगेल डेढ लाख रूपैयाँ घुससहित पक्राउ

काठमाडौं, १२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियरलाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले इञ्जिनियर योगेन्द्र ढुंगेललाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
खाद्य विभागले दिने अनुज्ञा पत्र लिन आउने सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनलाई बबरमहलबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
पक्राउ परेका ढुंगेलमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


