सर्लाही, १२ माघ । सर्लाहीमा कुलोमा डुबेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको हरिपुर्वा नगरपालिका–९ का १८ वर्षीय ललन राययादवको घरबाट ५ सय मिटर दक्षिणमा रहेको बोरिङबाट निकालिएको पानीको कुलोमा डुबेर मृत्यु भएको हो ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।