अदालतबाट कैद र जरिवाना तोकिएका दुईजना फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, ११ माघ । धनुषा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ बस्ने ३६ वर्षीय शिवकुमार महरा र ४५ वर्षीय नागेश्वरी यादव छन् ।
महरालाई शहीदनगर नगरपालिका–२ चोराकोयलपुरबाट र यादवलाई कमला नगरपालिका–८ टेढामोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका दुबैजनालाई धनुषा जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा ५० हजार रुपैयाँ जरिवाना र ९ वर्ष कैदको सजाय सुनाएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


