काठमाडौं, ११ माघ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यका परिवारका सदस्यलाई भेटेका छन् ।

बर्न अस्पताल कीर्तिपुर पुगेर आचार्यका परिवारलाई भेट्दै सान्त्वना दिएको उनको सचिवालयले जनाएको छ ।

मंगलबार संसद भवन नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका आचार्यको उपचारका क्रममा बुधबार बिहान ५ बजे बर्न अस्पताल कीर्तिपुरमा निधन भएको थियो ।