संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर

काठमाडौं, १० माघ । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर छ ।
इलामको पञ्चकन्याका अन्दाजी ३६ वर्षीय प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैँलाई आगो लगाएका थिए । आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गाडी संसद् भवनबाट निस्किएसँगै नयाँ बानेश्वरको सडकमा आफैँलाइ आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।
लगत्तै उनलाई प्रहरीले उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पताल लगेको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनको अवस्था गम्भीर रहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


