बाजुरामा भूकम्पका कारण दुई घर पूर्णरुपमा भत्किए

धनगढी, १० माघ । बाजुराको विच्छयाँ केन्द्रविन्द्र भएर गएको भूकम्पका कारण दुई घर पूर्णरुपमा भत्किएका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार त्यहाँ मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सुदूरपश्चिमका सबै जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । बाजुरामा केही घर भत्किएका बाजुरा प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाका अनुसार अहिलेसम्म २ घर भत्किएको खबर आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


