संसद् भवनअगाडि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

काठमाडौं, १० माघ । संघीय संसद् भवनअगाडि एक व्यक्तिले मंगलबार आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।
अन्दाजी ४० वर्षीय एक पुरूषले आफैँले झोलामा बोकेर ल्याएको प्रज्ज्वलनशील पदार्थ खन्याएर शरीरमा आगो लगाएका हुन् ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार उनी इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्य रहेका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् ।
जल्दै गरेको अवस्थामा उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


