त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख चुँडाल पक्राउ

काठमाडौं, ९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पक्राउ गरेको छ ।
उनलाई त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलको कार्यकक्षबाटै स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बताएको हो ।
अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा चुँडाललाई नियन्त्रणमा लिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


