झापाबाट ब्राउनसुगरसहित तीनजना पक्राउ

झापा, ९ माघ । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरूलाई ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा बुद्धशान्ति–३ बस्ने अजय तामाङ, सन्तोष राजवंशी र अर्का एकजना रहेका छन् । तामाङ अटो चालक हुन भने राजवंशी र अन्य एकजना अटोमा सवार थिए ।
चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


