काठमाडौं, ९ माघ । बाँकेकी निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनमा उत्रिएकी रुवी खानसहित केही अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले माइतीघरमा निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनको नेतृत्व गरेकी खानसहित केही अधिकारकर्मीलाई पक्राउ गरेको हो ।

तर, गृहमन्त्रीले न्याय दिन कुनै चासो नदेखाएको भन्दै अधिकारकर्मीले सोमबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्याली निकालेका थिए । सोही क्रममा प्रहरीले उनीहरुमाथि धकपकड गरेको हो ।

यसअघि गृहमन्त्री रवि लामिछानेले आन्दोलनरत अधिकारकर्मीहरुलाई भेटेर न्याय दिने आश्वासन दिएका थिए ।