सिरहामा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु

सिरहा, ९ माघ । सिरहामा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहा नगरपालिका–७ बस्ने ५० वर्षीय मदन पासमान रहेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय सिरहा (ख)का अनुसार पासमानको चिसोका कारण सोमबार बिहान मृत्यु भएको हो । मृतककी श्रीमती गौरीदेवी पासमानको उपचार अभावमा क्यान्सरका कारण चार वर्षअघि नै मृत्यु भइसकेको छ ।
आर्थिक अवस्था निकै कमजोर रहेका पासमानले दैनिक मजदुरी गरी दुई छोरा र एक छोरी हुर्काउँदै आएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


