काठमाडौं, ८ माघ । जनमत पार्टीले रोजेको मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेरको तयारी गरिएको छ । जनमत पार्टीका मन्त्री अब्दुल खानले शपथ लिए पनि पदभार ग्रहण गरेका छैनन् ।

उद्योग वा कृषि मन्त्रालयमध्ये एउटा पाउनुपर्ने अडान लिँदै जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले खानेपानी मन्त्रीको कार्यभार सम्हालेका छैनन् । जनमतको अडानपछि सत्तारुढ दलका शीर्ष नेताको बैठकले एमालेका दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानको मन्त्रालय हेरफेरको तयारी गरेको छ ।

हाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रहेका भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाउने र खानलाई उद्योगमा ल्याउने तयारी भएको हो । सोमबार बिहानसम्म मन्त्रालय साटफेर हुने बताइएको छ ।

जनमतको असन्तुष्टिका कारण राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रभाव पर्ने सम्भावनाका कारण मन्त्रालय साटफेरको तयारी गरिएको बताइएको छ ।