सामाजिक उत्तरदायित्व बोध गर्दै जानकी मन्दिर क्षेत्रमा बृहत् सरसफाइ

जनकपुरधाम, ८ माघ । सरसफाइ अभियानीहरुले आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै आइतबार जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर र आसपासको क्षेत्रमा बृहत् सरसफाइ गरेका छन् ।
‘सरसफाइको मामिलामा नो कम्प्रोमाइज’ भन्दै आइतबार बिहान ८ बजेदेखि जानकी मन्दिरको बृहत् सरसफाइ गरिएको हो ।
सरसफाइ अभियन्ताहरुले पछिल्ला दिनहरुमा स्वास्थ्य, शिक्षा, धार्मिक आस्था, अनुशासन लगायत अन्य विभिन्न क्षेत्रहरुमा संलग्न व्यक्तिहरुलाई पनि कुनै पनि ढंगले ‘कम्प्रोमाइज’ नगर्न उत्साहित गर्दै आएको छ । सरसफाइ अभियानी धिरेन्द्र साहले स्वास्थ्य तथा सामाजिक हितको मामिलामा कुनै किसिमको सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् ।
जानकी मन्दिरको बृहत् सरसफाइ कार्यक्रममा धरानका सरसफाइ अभियानी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, जानकी मन्दिरभित्रका पर्यटक प्रहरी, कान्तिपुर पब्लिकेसनका विकास अधिकारी, एकल महिलाकी प्रदेश अधिकृत पूजा साह, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झा, सदस्य बरुणा कर्ण, पत्रकार आरती मण्डल, स्मृति मिश्र, लुमिनस ब्यूटि पार्लरकी सञ्चालिका गीता पौडेल, शिक्षक सञ्जु यादवलगायत दर्जनौंको सहभागिता रहेको थियो ।
सरसफाइ अभियानीहरुले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समय–समयमा बृहत् सरसफाइ अभियान, खानेपानी व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।















तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


