जनकपुरधामस्थित शहीद गेटको बृहत सरसफाइ

जनकपुरधाम, ७ माघ । धरानबाट आएका सरसफाइ अभियानीहरुको संलग्नतामा शनिबार जनकपुरधामस्थित शहीद गेटको बृहत सरसफाइ गरिएको छ ।
सरसफाइ अभियानी धिरेन्द्र साहको पहल एवं महिला तथा बालबालिकाको आयोजनामा सरसफाइ गरिएको हो ।
आफ्नो वरपरका क्षेत्रमा बढेको फोहोरले संरक्षणमा असर गरेपछि मानव अधिकारका लागि महिला, एकल महिला समूहलगायत सरसफाइ अभियानमा जुटेका छन् ।
जथाभावी फालिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको अवस्थालाई दृष्टिगत गर्दै शहीदगेटको सरसफाइ गरिएको बताइएको छ ।
प्लास्टिकजन्य फोहोरले शहीद गेट क्षेत्र दूषित भएकाले सरसफाइ गरिएको सरसफाइ अभियानी धिरेन्द्र साहले बताए । सरसफाइ अभियानमा धरानबाट जनकपुरधाम आएका ३५ जना सरसफाइ अभियानीहरुको विशेष संलग्नता रहेको थियो ।
सरसफाइ अभियानीहरुले आइतबार बिहान हिन्दूहरुको आस्थाको केन्द्र जानकी मन्दिर परिसरको विशेष सरसफाइ गर्ने भएका छन् ।
शनिबारको सरसफाइ कार्यक्रममा मानव अधिकारका लागि महिला, एकल महिला समूह, जनकपुरियन लेडिज ग्रुपमा आबद्ध महिला, अभियानी तथा बालबालिका, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रिंकु मिश्र गायत्री, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झा, धनुषाका प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्री, स्थानीय प्रहरी अधिकारीलगायतकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
यसअघि ३०१औँ पृथ्वी जयन्तीको अवसरमा पनि शहीद गेटको बृहत सरसफाइ गरिएको थियो ।









तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


