काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोमा एमाले खुसी हुनुपर्ने बताएका छन् ।

सभामुखको निर्वाचनका क्रममा भएको छलफलमा भाग लिँदै कांग्रेस पूर्वउपसभापति समेत रहेका निधिले प्रतिनिधिसभा फेरि विघटन हुने हो कि चिन्ता लागेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बलयगाढामा चढेर अमेरिका पुगिदैन, संघीय प्रणाली बाध्यताले स्वीकार गरेको जस्ता टिप्पणी गरेको स्मरण गर्दै उनले भने, ‘संघीयता, गणतन्त्र त खतरामा पर्ने होइन ?’

त्यस्तो नहोस् भनेर आफूहरुले विश्वासको मत दिएको, तर एमालेलाई चिन्ता लागेको उनले बताए ।