जसपा चाँडै सरकारमा आउने योगेश भट्टराईको दाबी

काठमाडौं, ५ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने दाबी गरेका छन् ।
बिहीबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले जसपा सत्ता गठबन्धनमै रहेकाले छिट्टै सरकारमा आउने बताएका हुन् ।
जसपाका लागि मन्त्रालय छुट्याएर राखिसकिएको भन्दै उनले जसपाका केही माग सम्बोधन भएपछि चाँडै सरकारमा आउने बताए ।
जसपाका मागबारे शीर्ष नेता बसेर टुंगो लगाउने उनले बताए । नेपाली कांग्रेस असफल भएपछि एमालेले नेतृत्व गरेर नयाँ समीकरण बनाएको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


