सभामुख पदका लागि आज निर्वाचन हुँदै

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाका सभामुख पदका लागि आज निर्वाचन हुँदैछ ।
संघीय संसद् सचिवालयका अनुसार सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ ।
घिमिरे झापा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । दाङकी न्यौपाने भने समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
सभामुख निर्वाचित हुनका लागि बहुमत आवश्यक पर्दछ । त्यसका लागि २७५ सदस्यमा निर्वाचित हुन १३८ ल्याउनु पर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


