सर्लाही, ४ माघ । सर्लाही प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

प्क्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–५ नरेशखोर बस्ने २२ वर्षीय सञ्जित कुमार महतो रहेका छन् ।

बुधबार बिहान सर्लाही ईश्वरपुर–६ बयलबास बजारमा प्रहरीले चेकजाँच गरेको थियो ।

त्यसैक्रममा पैदल यात्री सञ्जितको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।