वर्तमान सरकारमा नजाने जसपाको निर्णय

काठमाडौं, ४ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) वर्तमान सरकारमा नजाने भएको छ ।
बुधबार बसेको जसपा संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सात दलीय सरकारमा नजाने निर्णय गरेको हो ।
जसपाले सत्तारूढ दलहरूले आफूलाई सन्तुलित र न्यायोचित मन्त्रालय नदिएको भन्दै असन्तोष पोख्दै सरकारमा नजाने निर्णय गरेको हो ।
संसदीय दलको बैठक हिजो पनि बसेको थियो। सरकारमा नगए पनि समर्थन भने कायमै रहेको जसपाले जनाएको छ ।
जसपाले सभामुखमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई समर्थन गरिसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


