मन्त्रीको कार्यभार सम्हालन नगएका जनमतका मन्त्री क्याबिनेट बैठकमा गए

काठमाडौं, ४ माघ । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले रोजेको मन्त्रालयको नदिएको भन्दै मंगलबार शपथ लिन गएनन् ।
खानलाई प्रधानमन्त्री प्रचण्डले आफूले शपथ लिएको दिननै कुनै पनि जिम्मेवारी नतोकी मन्त्री पदको शपथ खुवाएका थिए ।
मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा जनमत पार्टीले उद्योग तथा वाणिज्य मन्त्रालय मागे पनि खानलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिइएको थियो । यसमा असन्तुष्टि जनाउँदै उनी न शपथ कार्यक्रममा सहभागी भए, न कार्यभार नै सम्हाले ।
तर, विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक बुधबार सिंहदरबारमा हुँदा खान त्यो बैठकमा सहभागी भएका छन् ।
राउतको पार्टी जनमतले आफूले मागेको मन्त्रालय नपाएपछि योे सरकारमा रहिरहने वा छोड्ने भन्ने निर्णय गरिसकेको छैन । उसले आफूले रोजेका मन्त्रालय नदिने हो भने आफूलाई दुई मन्त्रालय चाहिने सर्त अगाडि सारेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


