सिम डुप्किकेसन गरी ठगी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं, ४ माघ । सिम डुप्किकेसन गरी ठगी गरेको अभियोगमा कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–४ घर भई काठमाडौं गोंगबु बस्ने २६ वर्षीय पूर्ण योगी भन्ने पूर्णनाथ योगीलाई प्रहरीले पक्राउ गरेको छ ।
योगीले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप, इमोजस्ता एपको दुरूपयोग गरी आकर्षक तलब सुविधामा फ्रान्स, स्विटजरल्याण्डजस्ता विकसित देशमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन राखी भिसा प्रोसेसिङको लागि सम्पर्कमा आएका व्यक्तिको सक्कल कागजात मागेका थिए ।
तत्पश्चात् भिसा प्रोसेसिङको लागि बैंक खातामा रकम जम्मा गर्न लगाउनुको साथै पीडितहरूले पेस गरेको नागरिकता तथा राहदानी समेतका प्रतिलिपि मोबाइल सेवा प्रदायक कम्पनीमा पेस गरी पीडितहरूको नामबाट सिम निकालेका थिए ।
डुप्लिकेसनको माध्यमबाट उनले पीडितहरूको मोबाइल बैंकिङमा पहुँच पु¥याई पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरेको ठगीमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


