जनकपुरधाम, ४ माघ । जनकपुरधाममा ई–सेवाको प्रादेशिक कार्यालय सञ्चालनमा आएको छ ।

जनकपुरधाममा ई–सेवाको प्रादेशिक शाखा विगत करिब एक महिनादेखी सञ्चालनमा रहेपनि बुधवारदेखि विधिवत रुपमा पूजापाठ गरि उद्घाटन गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले बुधबार रिबन काटेर उद्घाटन गरेसँगै गृह प्रवेश गरि कार्यालय सञ्चालनमा ल्याइएको ई–सेवाको मधेस प्रदेशका प्रबन्धक बिमला पुरीले जानकारी दिइन् ।

कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, ई–सेवाका सिइओ जगदीश खड़का, मुक्तिनाथ बिकास बैंकका प्रदेश प्रबन्धक प्रभास झासहितको उपस्थिती रहेको थियो ।

ई–सेवाको प्रादेशिक शाखा जनकपुरधामस्थित मिल्स एरियामा सञ्चालनमा ल्याइएको हो ।

ई–सेवाले हाल ६५ लाख ग्राहकलाई सस्तो र सुलभ तरिकाले सेवा प्रदान गर्दै आईरहेको दाबी गरिएको छ ।