विमान दुर्घटनामा मृत्यु भएका ४६ जनाको शव काठमाडौं लगियो

काठमाडौं, ३ माघ । पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ७० मध्ये ४६ जनाको शव काठमाडौं ल्याइएको छ ।
पोखरामा पोष्टमार्टम हुन नसकेका ४६ जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो ।
२४ जनाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोष्टमार्टम गरिँदैछ । जसमध्येका केहीको शव पोष्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।
कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएकाले ती शवको डीएनएसमेत परीक्षण गर्नु पर्ने भएकाले ती शव काठमाडौं ल्याइएको हो ।
७२ जना सवार यति एअरको विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । जसमध्ये ७० जनाको शव भेटिएको हो भने २ जनाको स्थिति अझै अज्ञात छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


