जनकपुरधाम, ३ माघ । जनकपुरधामको प्रतिष्ठित रामानन्द युवा क्लबको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा शशिभुषण झा (आशुतोष) प्यानलसहित निर्वाचित भएका छन् ।

सोमवार अवेरराति सम्पन्न मतगणनामा झाले आफ्ना निकटतम प्रतिद्वन्द्वी भरत सिंहलाई ५० मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन् ।

शशिभुषण १२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सिंहले ७२ मत पाएका छन् ।

त्यस्तै, उपाध्यक्षमा संतोष मान सिंह म्यान अफ द ईलेक्सन हुँदै १२८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजेश दास (काले) ले मात्र ६१ मत पाए ।

महासचिवमा सोहि प्यानलका रोशन मिश्र (९६), सचिवमा मिथिलेश झा (१०८) र कोषाध्यक्षमा शम्भु पोखरेल (११०) मत ल्याएर विजयी भएका छन् । उनीहरुको प्रतिद्वन्द्वीहरु क्रमशः सन्तोष ठाकुरले (९१), राम बिशेश्वर साहले (८३) र जितेन्द्र साहले (८२) मत पाएका छन् ।

सदस्यहरुमा राजकुमार मिश्र (१२२), सन्तोष मुखिया (११२), उदय शंकर साह(११५), रुपेश रोशन सिंह (११०), चिरंजीवी प्रसाद सिंह (१०७) र राजिव झा (८५) मतसहित विजयी भएका छन् ।