लोसपा विद्यार्थी संघद्वारा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन

जनकपुरधाम, २ माघ । आइतबार पोखरामा भएको यती एअरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार जनकपुरधाममा दीप प्रज्वलन गरिएको छ ।
लोकतान्त्रिक विद्यार्थी संघ जनकपुरधाम नगर कार्यसमितिले स्थानीय जानकी मन्दिरमा दीप प्रज्वलन गरेका हुन् ।
लोसपा विद्यार्थी संघका नगर अध्यक्ष अमित ठाकुरको नेतृत्वमा संघ आवद्ध विद्यार्थीहरुले विमान दुर्घटनाको शोकमा नेपाल सरकारले सोमबार सार्वजनिक बिदा दिएकोमा असन्तुष्टि जनाएका थिए ।
उनीहरुले सार्वजनिक बिदा दिनुभन्दा थोत्रा जहाजहरु हटाउनुपर्ने बताएका थिए ।

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ । ३ जना अझै बेपत्ता छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


