मन्दिरमा बलि चढाउने बाहनामा आफ्नै भान्जाको हत्या

काठमाडौं, २ माघ । सल्यानमा एक व्यक्तिले मन्दिरमा बलि चढाउने बाहनामा आफ्नै भान्जाको हत्या गरेका छन् ।
आइतबार दिउँसो २ बजे त्यहाँको बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर–१० मा ३४ वर्षीय डम्बर पुरीले स्थानीय ८ वर्षीय भिजन घर्तीको घाँटी रेटेर हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीषक गोपाल श्रेष्ठले घरको आँगनमा रहेको मन्दिरमा पुरीले खुर्पाले बालकको हत्या गरेको जानकारी दिएका छन् ।
पुरीको मानसिक सन्तुलन ठीक नभएको त्यहाँका गाउँलेहरुले बताएका छन् । उनले प्रारम्भिक बयानमा देवीदेवताले बलि मागेकाले आफूले बलि दिएको बताएका छन् ।
पुरीले हत्या गरेर बालकको शव मन्दिरभित्रै गाडेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


