काठमाडौं, २ माघ । भारतबाट पेट्रोलको मूल्य बढेर आएको छ । नयाँ मूल्यसूची अनुसार डिजेल भने घटेर आएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ भने डिजेल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको हो ।

नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।