विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा जनकपुरधाममा दीप प्रज्वलन गरिँंदै

जनकपुरधाम, २ माघ । आइतबार भएको यती एअरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा ज्यान गुमाउने मृतकहरुको चिरशान्तिको कामना गर्दै जनकपुरधाममा दीप प्रज्वलन गरिन लागिएको छ ।
लायन्स क्लब अफ जनकपुरधाम र लियो क्लब अफ जनकपुरधामले स्थानीय रेल्वे स्टेशनमा मृत्तात्माको चिरशान्तिको कामना गर्दै आज साँझ दीप प्रज्वलन गर्ने भएको हो ।
आइतबार पोखरामा यती एअरलाइन्सको जहाज दुर्घटनामा परी अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जहाजमा ७२ जना सवार थिए ।
अज्ञात ४ जना यात्रुको खोजी तथा उद्धार आज पनि जारी रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


