काठमाडौं, २ माघ । एउटा मन्त्रालय लिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सरकारमा जान तयार भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् ।

प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् ।