काठमाडौं, २ माघ । आइतबार बिहान पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त यती एअरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ब्ल्याक बक्स सुरक्षित भेटिएको जानकारी दिएका हुन् ।

‘ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ । विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो,’ निरौलाले भने ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एअरलाइन्सको विमान दुर्घटना भएको थियो । विमानमा सवार कुल ७२ जनामध्ये अहिलेसम्म ६८ जनाको शव भेटिएको छ । हराइरहेका चार जनाको खोजीकार्य जारी छ ।