१५ वर्षदेखि उडान भरिरहेको थियो दुर्घटनामा परेको यतीको विमान

काठमाडौं, १ माघ । पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको ९ एन–एनएसी विमान सन् २००७ मा बनेको खुलेको छ । फ्रान्सेली–इटालियन कन्सोर्टियम विमानले १५ वर्षदेखि उडान भरिरहेको हो ।
यो विमानले पहिलोपटक १ अगस्ट २००७ मा पहिलो उडान भरेको थियो । ७५४ सिरियल नम्बरको एटीआर ७२–५०० विमान १७ अगस्ट २००७ मा कम्पनीले भारतीय किंगफियर एअरलाइन्सलाई डेलिभर गरेको थियो ।
किंगफिसरले भीटी–केएजे कलसाइनमा यो विमान ३० मार्च २०१३ सम्म उडायो । अप्रिल २०१३ देखि यो विमान थाइल्यान्डको नोक एयरले किन्यो । एनओकेले एचएस–डीआरडी कलसाइनमा उडाएको यो विमान २० अप्रिल २०१९ मा यती एअरलाइन्सले किनेको थियो ।
यो विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डोमो उडान पनि भरेको थियो । नेपालमा सामान्य अवस्थामा उडिरहेको विमान आइतबार पोखरामा अवतरणको क्रममा दुर्घटनामा परेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


