अंगराज सरको डिलमा १२ वर्षदेखि खिचडी भोजको आयोजना हुँदै

जनकपुरधाम, १ माघ । माघे संक्रान्तिको अवसरमा आइतबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा खिचडी भोजको आयोजना गरिएको छ ।
स्थानीय जानकी चोकस्थित अंगराज सरको डिलमा यस वर्ष पनि खिचडी भोजको आयोजना गरिएको हो ।
जानकी चोकका युवाहरुको आयोजनामा खिचडी भोजको आयोजना गरिदैं आएको युवा अगुवा सुशील कर्णले जानकारी दिए । भाइचारा र संस्कृतिलाई जोगाउनका लागि विगत १२ वर्षदेखि यस भोजको आयोजन हुँदै आएको कर्णले बताए ।
यो भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको एउटा अटुट माध्यम रहेको बताउँदै यसको निरन्तरता दिनुपर्ने आवश्यकता रहेको स्थानीय विरेन्द्र कर्णले बताए ।
भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीय, सञ्चारकर्मी तथा समाजसेवी सहित करिब एक हजार व्यक्तिको उपस्थिति थियो ।
भोजमा खिचडी, पापड, अचार, दही, चिनीसहितको परिकारको व्यवस्था गरिएको थियो ।










तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


