पुरिएको अवस्थामा बालकको शव भेटियो, आमा पक्राउ

डडेल्धुरा, ३० पुस । डडेल्धुराको आलिताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव फेला परेको छ । प्रहरीले शकांस्पद स्थल उत्खनन गरेर बालकको शव निकालेको हो ।
बालक १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारलेसमेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन् । पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएका थिए । स्थानीयले बालक १८ दिनदेखि बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले केही स्थानीय सँग सोधपुछ गर्दा उनको हत्या भएको हुन सक्ने अनुमान गरेको थियो । प्रहरीले सोही अनुसार अनुसन्धान गरेर शंकास्पद स्थलको उत्खनन गर्दा बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक निरीक्षक गङ्गादत्त बडूले जानकारी दिए ।
बालकका बुबा रोजगारीका लागि घर बाहिर छन् । घटनाबारे प्रहरीले बालककी आमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


