सर्लाहीमा घुरमा जलेर एक महिला घाइते

सर्लाही, ३० पुस । सर्लाहीमा घुरमा जलेर एक महिला घाइते भएकी छन् ।
घुर ताप्ने क्रममा सर्लाही गोडैता नगरपालिका–३ सिमरा भगवतीपुर बस्ने मुकेश ठाकुरकी २२ वर्षीया श्रीमती २२ ललिता देवी घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आफ्नै घर अगाडी आगो तप्ने क्रममा अचानक शरिरमा आगे लाग्दा उनको शरिरको विभिन्न भाग जलेको तथा अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।
घाइते महिलाको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


