पर्सा, २९ पुस । वीरगञ्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

महानगरको वडा नम्बर–१४ मा कार्यालय सहयोगीको रुपमा कार्यरत जितेन्द्र कुमार कुर्मीको निधन भएकोले शोक बिदा दिइएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

शुक्रबार महानगर अन्तर्गतका कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बताए ।

कुर्मीको गएको १६ गते निधन भएको थियो । शुक्रबार तेर्हौं दिनको पुण्य तिथि पारेर महानगरले शोक बिदा दिएको हो ।

महानगरले शोकसभा समेत आयोजना गरेको छ ।