सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं, २८ पुस । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
धरौटीमा रिहा गर्न आदेश दिइएपनि लामिछाने विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा रहेको बताइएको छ ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


