स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

विराटनगर, २८ पुस । विराटनगरबाट स्रोत नखुलेको रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको नगद ७ लाख ९ हजार रुपैयाँसहित सोही महानगरपालिका–१८ बस्ने ३६ वर्षीय रविप्रकाश साहलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट विभिन्न बैंकका एटिएम कार्ड १४ थान, विभिन्न बैंकका चेक ९ थान र को२४प ७९८४ नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई उक्त नगद र विभिन्न बैंकका चेक तथा एटिएम कार्डसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


